बैतडी न्यूनतम खाद्य असुरक्षित क्षेत्र

ज्ञानमाण्डू।बैतडीका विभिन्न क्षेत्र न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रूपमा रहेका छन् । तीन महिनासम्म पनि बारीमा उत्पादित अन्न खानका लागि नपुग्ने क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रूपमा राखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताएका छन् । 

साबिकको जिल्ला कृषि विकास कार्यालयले तीन वर्ष अघि गरेको अध्ययन अनुसार बैतडीका महाकाली, पञ्चेश्वर, शिवनाथ, कुलाउ, सिगास, थालाकाँडा, ढुङ्गाड क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रूपमा राखिएको छ । पछिल्ला तीन वर्षयता पनि खाद्यान्न उत्पादनमा सुधार नआएकाले ती क्षेत्र खाद्यान्न असुरक्षित रूपमा रहेको निमित्त प्रमुख चन्दले जानकारी दिए । पछिल्लो समयमा खडेरी, जङ्गली जनावरलगायतका कारणले बालीनालीमा क्षति पुगेपछि खाद्यान्न उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

स्थानीयले खेत बाँझै छोडेकाले खाद्यान्न उत्पादनमा कमी आउन थालेको हो । जङ्गली जनावर र बाँदरका कारण खेत बाँझै छोड्नुपरेको दशरथचन्द नगरपालिका–५ का स्थानीय पुष्पा चन्दले बताए । उनले भनेका छन् , “बारीमा लगाएको बाली बाँदरले सखाप पार्ने भएकाले खेत बाँझै छोड्न बाध्य भएका छौँ”, मुख्य खाद्य बालीको रूपमा रहेको मकै बाली पनि जङ्गली बँदेलले नष्ट गर्न थालेपछि खाद्यान्न अभाव हुँदै गएको स्थानीयवासीले बताएका छन् । 

खाद्यान्न पनि अपुग: 

यसैबिच जिल्लामा उत्पादित खाद्यान्न जिल्लावासीलाई अपुग हुने गरेको छ । पछिल्ला वर्षमा खाद्यान्न उत्पादनमा कमी आएसँगै जिल्लामा आवश्यक खाद्यान्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था आएको ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । उनले भनेका छन् , “जङ्गली बँदेल तथा बाँदरका कारणले खेती योग्य जमिन बाँझै राख्ने प्रवृत्ति बढेपछि खाद्यान्न उत्पादनमा कमी आएको हो ।” 

जिल्लामा वार्षिक ५० हजार ६७५ मेट्रिक टन खाद्यान्न आवश्यक परे पनि ४३ हजार ३४३ मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ । वार्षिक सात हजार ३३२ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको चन्दले जानकारी दिए । बैतडीको मुख्य खाद्य बालीको रूपमा रहेको मकै उत्पादनमा कमी आउन थालेपछि खाद्यान्न अपुग हुन थालेको हो । पहिला पहिला थोरै आयात गर्नुपर्ने भए पनि पछिल्ला दश वर्षयता अपुग खाद्यान्नको परिमाण बढ्दै गएको चन्दको भनाइ थियो । 

मकैखेतीेको क्षेत्रफल घट्दै: 

यस्तै मकै खेती गरिने जमिनको क्षेत्रफल घट्दै गएपछि उत्पादन पनि घट्दै गएको छ । कूल १४ हजार ५०० हेक्टर जमिनमा मकै खेती गरिँदै आएकोमा गत वर्ष १२ हजार २०० हेक्टर जमिनमा मकै खेती गरिएको छ । गत वर्षमा २३ हजार २०० मेट्रिक टन मकै उत्पादन भएकोमा यो वर्ष १९ हजार ७६४ मेट्रिक टन उत्पादन भएको छ । मकै बालीमा बाँदर र जङ्गली बँदेलले व्यापक क्षति पु¥याएकाले मकैको उत्पादन घटेको हो । धान उत्पादनमा भने केही वृद्धि भएको छ । गत वर्ष १६ हजार ९०० मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष १७ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x