धितोपत्र बजारमा ९२.१६ अंकको वृद्धि, नेप्से परिसूचक २५०७.७० को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९२ दशमलव १६ अंकले बढेर २५०७ दशमलव ७० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १४ दशमलव ७४ अंकले बढेर ४७७ दशमलव २६ को विन्दुमा पुगेको छ ।

आज कूल २३३ कम्पनीका ८१ लाख ०४ हजार ३१९ कित्ता शेयर रु ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह ३७ दशमलव १४ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह २०२ दशमलव ८७ अङ्कले, होटल तथा पर्यटन उपसमूह १०३.५८ अङ्कले, विकास बैंक उपसमूह २३०.६३ अङ्कले, जलविद्युत उपसमूह १६२.६६ अङ्कले, वित्त उपसमूह ७४.६ अङ्कले, निर्जीवन बीमा ४८७.३६ अङ्कले, उत्पादन उपसमूह ४५२.०३ अङ्कले, अन्य उपसमूह ६४.९ अङ्कले, लघुवित्त उपसमूह १८२.८७ अङ्कले, जीवन बीमा उपसमूह ५०२.७७ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०७ अङ्कले र लगानी उपसमूह ३ दशमलव ८९ अङ्कले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x