बैङ्क तथा वित्तीय संस्थाहरूले एकै दिन सङ्कलन गरे ७ अर्ब निक्षेप, सिडी रेसियो ९१.४२ प्रतिशतमा


ज्ञानमाण्डू।नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत पुस ८ गतेसम्म ४७ खर्ब ९९ अर्ब रुपैयाँ रहेको बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेप एकै दिन ७ अर्बले वृद्धि हुँदै पुस ९ गतेका दिन ४८ खर्ब ६ अर्ब कायम भएको हो। सो अवधिमा वाणिज्य बैङ्कहरूको निक्षेप पनि एकै दिन ६ अर्ब रुपैयाँले बढेर कुल निक्षेप ४२ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ। गत पुस ८ गतेसम्म वाणिज्य बैङ्कहरूको कुल निक्षेप ४२ खर्ब २९ अर्ब रुपैयाँ रहेको तथ्याङ्कले जनाएको छ ।

त्यसै गरी बाँकी अन्य बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेप गत पुस ८ गतेको तुलनामा १ अर्बले वृद्धि हुँदै पुस ९ गतेका दिन ५ खर्ब ७१ अर्ब रुपैंया कायम भएको छ। पुस ८ गतेका दिनसम्म यी वित्तीय संस्थाहरूको कुल निक्षेप ५ खर्ब ७० अर्ब रहेको थियो।

यता, पुस ९ गतेसम्म आइपुग्दा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी ४६ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ। गत पुस ८ गतेसम्म पनि इजाजत प्राप्त संस्थाहरूको कुल कर्जा लगानी ४६ खर्ब ५ अर्ब रुपैयाँ नै रहेको थियो। बैङ्क तथा वित्तीय संस्थाहरूको औसत सिडी रेसियो ९० प्रतिशत अधिक भएका कारण उक्त संस्थाहरूसँग लगानीका लागि कर्जा प्रवाह गर्ने अवस्था नरहेको कारण कुल कर्जा लगानीमा कुनै परिवर्तन नदेखिएको हो ।


पुस ९ गतेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूको औसत सिडी रेसियो ९१.४२ प्रतिशत रहेको छ। औसत सिडी रेसियो पुस ८ गते पनि ९१.४२ प्रतिशत नै कायम थियो।

यस अवधिमा वाणिज्य बैङ्कहरूको कुल कर्जा लगानी ४० खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ जुन गत पुस ८ गतेसम्मको कुल कर्जा लगानी बराबर हो । त्यस्तै, बाँकी अन्य बैङ्क तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी पुस ९ गतेसम्म ५ खर्ब १७ अर्ब रुपैंया रहेको छ जुन गत पुस ८ गतेसम्मको तुलनामा थपघट भएको छैन । 

सिडी रेसियो ९० प्रतिशत अधिक भएका कारण उक्त संस्थाहरू सँग लगानीका लागि कर्जा प्रवाह गर्ने क्षमता छैन । सिडी रेसियो ९० प्रतिशतको विन्दु भन्दा तल भरे पश्चात् मात्र बैङ्क तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानीमा वृद्धि देखिने छ। यसका निम्ति उक्त संस्थाहरूले निक्षेप वृद्धि गर्न निकै आवश्यक देखिन्छ।

पुस ९ गतेसम्म बैङ्कहरूको अन्तर बैङ्क ब्याजदर पनि गत पुस ८ गते समान ४.९८ प्रतिशत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x