बोसको तालिम र सम्मान कार्यक्रम सम्पन्न



ज्ञानमाण्डू। नेपाली बजारमा बोसको आधिकारिक वितरक सत्यदीप ग्रुपको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको तालिम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच बोसका कन्ट्री हेड रितुन्च गुप्ताले ग्लोबल अटोमोटिभ इन्डष्ट्रिजमा भएका सेल्स एन्ड सर्भिस प्राक्टिसमा आधारित तालिम प्रदान गराउनुभयाे । त्यसैगरी उहाँले फिल्ड च्याम्पियनहरुलाई अझै व्यावसायिक तरिकाले नेपाली ग्राहकलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ फिट फर फ्युचर क्याम्पेन समेत लन्च गर्नुभयाे ।

 
बजारमा भएको कठिन अवस्थाको वावजुद आर्थिक वर्ष २०७८/७९ मा अटो पार्ट्स उद्योगका रिटेलर र वर्कशपहरुलाई सहयोग गर्ने व्यक्तिहरुलाई अप स्किलिङ प्रोग्रामका बीच सत्यदीप ग्रुपले सम्मान गरेको कम्पनीले जनाएकाे छ ।

सत्यदीप ग्रुपसँग हाल नेपाली जनतालाई अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न प्रतिबद्ध र अटो पार्ट्स उद्योगमा समर्पित २५ भन्दा बढी व्यक्तिहरु सो तालिममा सहभागी रहेकाे थियाे । नेपाली सवारी साधन बजारमा आफ्टर मार्केटका लागि आवश्यक विभिन्न ब्रान्डका जेन्युइन पार्ट्स उपलब्ध गराउदै आइरहेको सत्यदीप ग्रुपले समय समयमा यस्ता कार्यक्रम गर्दै आएको कम्पनीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x