एनएमबि बैङ्कको नाफा १ अर्ब ७१ कराेड, प्रतिशेयर आम्दानी कति ? | NMB Bank

nmb bank

ज्ञानमाण्डू। एनएमबि बैङ्कको नाफा ६.०४ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ६१ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दाेस्राे त्रैमास सम्ममा बैंकले १ अर्ब ७१ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबि बैङ्कले १ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब १९ करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब ५६ कराेड रूपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५.३७ प्रतिशतले घटेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ८७ कराेड ४१ लाख रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.४९ प्रतिशत र प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८० पैसा र पछिल्लाे काराेबार मूल्य रू ३६२ काे आधारमा मूल्य आम्दानी अनुपात १९.४२ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x