लिभरपुल र युनाइटेडको बराबरी

ज्ञानमाण्डू ।इन्ग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा शीर्ष स्थानमा रहेको लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले घरेलु टिमसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको ३६ औँ मिनेटमा मार्कस रासफर्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।  पहिलो हाफको ४४ औँ मिनेटमा लिभरपुलका साडियो मानेले गरेको गोलालाई ह्यान्डबल भएका कारण भिडियो असिस्टेन्ट रेफरी (भीएआर)ले उक्त गोललाई मान्यता नदिँदा लिभरपुल पहिलो हाफमा गोल रहित भएको थियो ।
दोस्रो हाफ, खेल सकिन ५ मिनेट बाँकी रहँदा लिभरपुलका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका एडम लाल्लानाले बराबरी गोल फर्काएका थिए । थप समयमा गोल हुन नसक्दा खेल १-१ को बाराबारीमा समाप्त भएको थियो ।

बराबरीपछि लिभरपुलले ९ खेलबाट २४ अङ्कसहित शीर्ष स्थानमा छ । अघिल्ला ८ खेल जितेको लिभरपुलको यो पहिलो बराबरी हो ।  ९ खेलबाट १० अङ्क जोडेको युनाइटेड १३ औँ स्थानमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

38.46%
23.08%
15.38%
7.69%
7.69%
7.69%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x