धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ८३ अङ्कले घटेर १८५८ दशमलव ५६ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ८३ अङ्कले घटेर ३५९ दशमलव ९५ को विन्दुमा पुगेको छ ।
आज कूल २९६ कम्पनीहरूका ३३ लाख ६४ हजार ०५६ कित्ता शेयर रु. ८१ करोड २० लाख ८९ हजार २९१ मा खरिद बिक्री ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य लगानी उपसमूह उपसमूह शून्य दशमलव ०५ अङ्कले बढेको छ ।यता, बैङ्किङ उपसमूह शून्य दशमलव २४ अङ्कले घट्दा विकास बैङ्क उपसमूह १३ दशमलव ८० अङ्कले, वित्त उपसमूह ६.१३ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ४७.८४ अङ्कले, जलविद्युत उपसमूह ९.२४ अङ्कले, जीवन बिमा उपसमूह ३८.९२ अङ्कले, उत्पादन उपसमूह ४८.५४ अङ्कले, लघुवित्त उपसमूह २४.४८ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०९ अङ्कले, निर्जीवन बिमा ३५.५२ अङ्कले, अन्य उपसमूह ३.१४ अङ्कले र ट्रेडिङ उपसमूह १४.४५ अङ्कले घटेका छन् ।
धितोपत्र बजारमा ३३ लाख ६४ हजार ०५६ कित्ता शेयर कारोबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%