गरिमा विकास बैङ्कको ४७ हजार भन्दा बढी संस्थापक शेयर बिक्रीमा


गरिमा विकास बैङ्कले संस्थापक समूहअन्तर्गत करिब ४८ हजार कित्ता शेयर बिक्रीमा राखेको छ। बैङ्कले ४७ हजार ९२६.६५ कित्ता संस्थापक शेयर निष्कासनमा ल्याएको हो।

उक्त शेयरमा हालका लागि बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इच्छुक संस्थापकले काठमाडौँको लाजिम्पाट स्थित बैङ्कको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

बैङ्कले आवेदनका लागि ३५ दिनको समय सीमा तोकेको छ। तोकिएको अवधिभित्र संस्थापकहरूबाट पर्याप्त आवेदन नआएमा बाँकी शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्रीका लागि खुला गरिने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x