कर्पोरेट बिच क्रिकेटको उपाधि माछापुच्छ्रे बैंकलाई | Machhapuchchhre Bank

machhapuchchhre bank

ज्ञानमाण्डू। माछापुच्छ्रे बैंकले एन इभेन्टले आयोजना गरेको कर्पोरेट बिच क्रिकेट २०७८ को उपाधि जितेको छ । त्रिशुलीको रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न उक्त प्रतियोतिामा ८ कर्पोरेट टिमको सहभागिता रहेको थियो । कर्पोरेट बिच क्रिकेटको फाईनल खेलमा माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ं९४ रनले हराएको हो । फाईनल खेलमा १२० रनको लक्ष्य दिएको माछापुच्छ्रे बैंकले सनराईज बैंकलाई जम्मा २६ रनमा अलआउट गर्दे प्रतियोगिताको उपाधि जितेको हो । माछापुच्छ्रे बैंकले नियमित कामको अतिरिक्त कर्मचारीहरुको इच्छा अनुसार अन्य कृयाकलापहरुमा संलग्न गराई उनीहरुको वृत्तिविकासमा ध्यान दिदै आएको छ ।

बैंकले नेपाल राज्यभर १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ्ग सुविधा मार्फत सेवा प्रदान गदै आईरहेको छ र १५ सय भन्दा बढि कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x