सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका ४९९ कर्मचारीद्वारा भोटेकोसी बाढीपीडितलाई १९ लाख रुपैयाँ सहयोग

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका ४९९ कर्मचारीले आफ्नो पारिश्रमिकबाट १९ लाख ६ हजार ३३५ रुपैयाँ सङ्कलन गरी सहयोग गरेका छन्।

मानवीय तथा भौतिक क्षति पुर्‍याएको विपद्का पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले कर्मचारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेकमार्फत उक्त रकम हस्तान्तरण गर्नुभएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x