अजोड इन्स्योरेन्स लिमिटेडले वैशाख २५ गते (आज) विशेष साधारण सभा गर्दै छ। कम्पनीले विशेष साधारण सभा यूनाइटेड वर्ल्ड ट्रेड सेन्टर, डिएसिसि, अमन हल तेस्रो तल्ला, त्रिपुरेश्वर, काठमाण्डाैँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले अजोड इन्स्योरेन्स लिमिटेड तथा यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड एक आपसमा गाभ्ने, गाभिने (Merger) सम्बन्धी प्रस्ताव पारित गर्ने र गाभिए पश्चात् बन्ने निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा "यूनाइटेड अजोड इन्स्याेरेन्स लिमिटेड" तथा अङ्ग्रेजीमा "United Ajod Insurance Limited" कायम गरी सो नामबाट निर्जीवन बिमा व्यवसाय सञ्चालन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
साथै यस सभाले अजोड इन्स्योरेन्स लिमिटेड तथा यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड एक आपसमा गाभ्ने, गाभिने प्रयोजनका लागि मूल्याङ्कनकर्ताले तयार गरेको अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड तथा यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको चल/अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात ८२.५०:१०० कायम गरी गाभ्ने, गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले विशेष साधारण सभाको प्रयोजनको लागि वैशाख १२ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा वैशाख ११ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
अजोड इन्स्योरेन्सले आज विशेष साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

100.00%

0.00%

0.00%
