गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो शेयर रजिस्ट्रार परिवर्तन गरी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार अबदेखि गार्डियन माइक्रो लाइफका सम्पूर्ण शेयर रजिस्ट्रार सम्बन्धी कार्यहरू हिमालयन इन्भेष्टमेन्ट बैंकर मार्फत हुनेछन्।
शेयर रजिस्ट्रारको रूपमा हिमालयन इन्भेष्टमेन्ट बैंकरले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख व्यवस्थापन, दाखिला-खारेज, नामसारी, रोक्का लगायतका सम्पूर्ण लगत अद्यावधिक कार्य गर्नेछ।
यस सन्दर्भमा आज गार्डियन माइक्रो लाइफको विराटनगरस्थित रजिष्ट्रर्ड कार्यालयमा आयोजित एक समारोहमा दुई पक्षबिच सम्झौता भएको छ। सम्झौतामा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर ज.व. राणा र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गर्नुभएको हो।
अबदेखि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका शेयरधनीहरूले शेयर सम्बन्धी सम्पूर्ण सेवा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर, काठमाडौँबाट प्राप्त गर्न सक्नेछन्।
हिमालयन इन्भेष्टमेन्ट बैंकर बन्यो गार्डियनको शेयर रजिस्ट्रार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
