जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल माघ २९ गते, बेलुका ५:०० बजे बसेको सञ्चालक समितिको २०० औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरूलाई १५.७८९५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकम रु. २ करोड २१ लाख ८५ हजार ९०० रुपैयाँ बराबरको बोनस शेयर र ०.७८९५ प्रतिशतले हुन आउने रकम रु. ११ लाख ६७ हजार ६७९ रुपैयाँ बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १.३१५७ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गरेको थियो ।
Click here to view the notice.
जनउत्थान सामुदायिक लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
