२०८२ चैत्र २३ गतेदेखि लागु हुने गरी शेयर बजार शुक्रवार पनि खोल्ने


नेपाल सरकारको हालैको निर्णयसँगै कार्यालय समय र सार्वजनिक बिदामा गरिएको परिवर्तनले धितोपत्र बजारमा पनि असर पर्ने भएको छ। मन्त्रिपरिषद्को मिति २०८२ साल चैत्र २२ गते बसेको बैठकले २०८२ चैत्र २३ गतेदेखि लागू हुने गरी देशभरका सरकारी कार्यालयहरूको समय बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म कायम गर्ने निर्णय गरेको छ। साथै, सातामा शनिवार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ।

उक्त निर्णयसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले पनि आफ्नो कारोबार समयबारे स्पष्ट पारेको छ। नेप्सेको सञ्चालक समितिको मिति २०८२ चैत्र २२ गते बसेको बैठकले नयाँ सरकारी कार्य तालिकालाई ध्यानमा राख्दै धितोपत्र कारोबार भने साबिककै समयमा सञ्चालन गर्ने निर्णय गरेको हो।

यस अनुसार अब नेप्सेमा सोमबारदेखि शुक्रवार सम्म नियमित रूपमा पुरानै समयमै शेयर कारोबार हुनेछ भने सार्वजनिक बिदाका रूपमा शनिवार र आइतबार बजार बन्द रहनेछ।

नेप्सेले जारी गरेको सूचनामा सम्पूर्ण लगानीकर्ता, ब्रोकर कम्पनी तथा सम्बन्धित सरोकारवालाहरूलाई सोहीअनुसार आफ्नो कार्य तालिका मिलाउन आग्रह गरेको छ। नयाँ व्यवस्थाले सरकारी कार्यालयहरूमा दुई दिन बिदा भए पनि शेयर बजारको दैनिक कारोबार समय भने यथावत् रहने स्पष्ट पारेको छ।
Click here to view the notice.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x