धितोपत्र बजारमा ३६.५७ अङ्कको वृद्धि, नेप्से २०५९.४९ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव ५७ अङ्कले बढेर २०५९ दशमलव ४९ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव २७ अङ्कले बढेर ३७७ दशमलव २८ को विन्दुमा पुगेको छ ।

आज कूल ३०९ कम्पनीहरूका १ करोड ३७ लाख ९ हजार २७६ कित्ता शेयर रु. ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहहरू मध्य सामूहिक लगानी कोष शून्य दशमलव शून्य अङ्कले घटेको छ । यता, बैङ्किङ उपसमूह ६ दशमलव ८९ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ८८ दशमलव १३ अङ्कले, वित्त उपसमूह ४४ दशमलव ३२ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ८८.४५ अङ्कले, जलविद्युत उपसमूह ६९.१७ अङ्कले, लगानी उपसमूह उपसमूह २.०७ अङ्कले, जीवन बिमा उपसमूह ३९२.०९ अङ्कले, उत्पादन उपसमूह ३३.५५ अङ्कले, लघुवित्त उपसमूह ४२.५९ अङ्कले, निर्जीवन बिमा १५५.९३ अङ्कले, अन्य उपसमूह ३८.२२ अङ्कले र ट्रेडिङ उपसमूह २८.९३ अङ्कले बढेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x