
हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ।
साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २९ गते शुक्रवार काठमाडौँको धुम्बाराही स्थित स्मार्ट दरबारमा दिउँसो २ बजे वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा सर्वसाधारण समूहका लागि आइपिओ निष्कासन गर्ने विशेष प्रस्तावमाथि छलफल तथा निर्णय गरिनेछ। साथै, आइपिओबाट प्राप्त हुने रकमको उपयोग योजना स्वीकृत गर्ने, अस्पतालको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायबाट आवश्यक निर्देशन प्राप्त भएमा सोअनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेस गरिनेछ।
यसै गरी, सभाले अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पारित गर्ने कार्यसूची तय गरेको छ। चालु आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्तावमाथि पनि सभाले निर्णय गर्नेछ।
ह्याम्स अस्पतालले आइपिओ ल्याउने, साउन २९ मा वार्षिक साधारण सभा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
