धितोपत्र बजारमा ७०.१८ अङ्कको वृद्धि, नेप्से २३१०.५९ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७०  दशमलव १८ अङ्कले बढेर २३१० दशमलव ५९ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १२ दशमलव ३३ अङ्कले बढेर ४०९ दशमलव ५१ को विन्दुमा पुगेको छ ।

आज कूल ३१५ कम्पनीहरूका २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर रु. ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य सामूहिक लगानी कोष शून्य दशमलव ०८ अङ्कले घटेकाे छ । यता, बैङ्किङ उपसमूह ३३ दशमलव ७० अङ्कले बढ्दा विकास बैङ्क उपसमूह २१९ दशमलव ११ अङ्कले, वित्त उपसमूह ४८ दशमलव ४१ अङ्कले, होटेल तथा पर्यटन उपसमूह २०१.९६ अङ्कले, जलविद्युत उपसमूह १५१.७४ अङ्कले, लगानी उपसमूह २.५६ अङ्कले, जीवन बिमा उपसमूह ३१८.८५ अङ्कले, उत्पादन उपसमूह १५०.३२ अङ्कले, लघुवित्त उपसमूह १११.३० अङ्कले, निर्जीवन बिमा २३८.०६ अङ्कले, अन्य उपसमूह ३५.६९ अङ्कले र ट्रेडिङ उपसमूह ८७.८३ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x