नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जेठ १० गते मङ्गलवारका दिन युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा मङ्गलवार युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको कुल ८ लाख ०५ हजार कित्ता र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ५१ लाख १३ हजार ०२० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
आर्थिक वर्ष २०७८/७९ को नाफाबाट युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ७ प्रतिशत र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेका थिए । उक्त कम्पनीहरूको सोही बोनस शेयर नेप्सेमा मङ्गलवार सूचीकृत भएको हो ।
नेप्सेमा दुई कम्पनीहरूको बोनस शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
