नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडको बोनस शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जेठ ०७ गते आइतबारका दिन सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा आइतबार सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडको कुल २५ लाख ६९ हजार २२०.५४७१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले ८.५३४ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x