एन आई सी एशिया बैङ्क लिमिटेडको संस्थापक समूहको शेयर जेठ ०२ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएको छ।
लिलामी मार्फत विक्री हुन लागेको कम्पनीको ३ लाख ४५ हजार ६८० कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु. ३६५ तोकिएको छ। उक्त संस्थापक शेयरहरू खरिद गर्ने इच्छुक योग्य जो कोही व्यक्ति, कम्पनी तथा संस्थाहरूले जेठ ०९ गते भित्रमा सिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० ले भाग जाने सङ्ख्यामा वा अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन सक्ने र आवेदकले तोकिएको वा सोभन्दा बढी मूल्य अङ्कित गरी आवेदन गर्नुपर्ने कम्पनीले बताएको छ भने कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
एन आई सी एशिया बैङ्कको संस्थापक समूहको शेयर आज देखि लिलामी मार्फत विक्रीमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
