काँकडभिट्टा नाकाबाट ९ महिनामा १६ अर्ब ८१ करोड अर्बको पेट्रोलियम आयात

चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र मसान्तसम्म पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र कोइला आयात गरिएको हो। यी वस्तुको आयातबाट नौ महिनामा ७ अर्ब ४४ करोड ७८ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।

कार्यालयको विवरण अनुसार ७ अर्ब ७५ करोड ९४ लाख रुपैयाँ मूल्य बराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ। यस्तै, ५ अर्ब ८७ करोड १८ लाख रुपैयाँ बराबरको ५५ हजार २४ किलोलिटर डिजेल भित्रिएको छ।

त्यसै गरी, १ अर्ब ९० करोड ५९ लाख रुपैयाँ बराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास, ५७ करोड ५१ लाख रुपैयाँ बराबरको ५ हजार ९८८ किलोलिटर एटीएफ तथा ७० करोड १२ लाख रुपैयाँ बराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन कोइला आयात भएको भन्सार कार्यालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x