
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ। अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै बजारबाट पैसा खिच्न लागिएको हो।
यसका लागि बुधवार दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। सहभागी हुन चाहने बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोडको गुण कमा कुल आह्वान रकमसम्म प्रस्ताव पेस गर्न सक्नेछन्।
निक्षेप सङ्कलन ब्याजदरका आधारमा हुनेछ भने बहु ब्याजदर प्रणालीमार्फत पनि बहु बोलकबोल गर्न सकिनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैङ्कका अनुसार ४९ दिने निक्षेप सङ्कलन उपकरणको साँवा तथा ब्याज भुक्तानी वैशाख १६ गते गरिनेछ।
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
