नबिल फोनलोन मार्फत अब बिना धितो रु. २ लाख सम्म कर्जा लिन पाउने

 

नबिल बैंकले नबिल फोनलोन (Foneloan) को न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोन (Foneloan) को सीमा रु. १ लाख रहेकोमा त्यसलाई बढाएर अब रु. २ लाख पुर्‍याएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाएको छ ।

 

नबिल बैंक, फोनलोन (Foneloan) को अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक हो । अब नबिल बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्युआर मर्चेन्टहरु पनि फोनलोन (Foneloan) का लागि योग्य हुनेछन् । यसअघि भने नबिल बैंकमा तलब खाता भएकाहरूले मात्र यस्तो लोनको सुविधा पाइरहेका थिए ।

यस्तै, नबिल बैंकले फोनलोनका अफरहरूलाई पनि अपग्रेड गरेको छ । अब यस्तो लोनका लागि योग्य ग्राहकहरूले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोन (Foneloan) को आइकन देख्नेछन् । बैंकले ग्राहकहरूको सुविधाका लागि ‘Buy Now Pay Later’ को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न इएमआईको सुविधा समेत उपलब्ध गराउने भएको छ ।

ग्राहकहरूले खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्युआर कोडहरू स्क्यान गर्न सक्छन् र आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला ‘Buy Now Pay Later’ को विकल्प रोज्न सक्छन् ।

आफ्ना Foneloan बक्यौता चाँडै तिर्न खोज्ने ग्राहकहरूले आफ्नो Foneloan सिधै आफ्नो एपबाट प्रिपे गर्ने विकल्प पनि उपलब्ध हुनेछ । यस अन्तर्गत नबिल बैंकले कुनै पूर्व भुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिन्छ ।

‘नेपालमा बैंकिङ अझै पनि विकासको प्रक्रियामा छ, तर अहिले मुख्यतया कानुनी र नियामक व्यवस्थाका कारण र एनपीए व्यवस्थापनमा सहजताका कारण धितोमा आधारित ऋणमा केन्द्रित छ,’ नबिल बैंकका एसएमई एण्ड माइक्रो फाइनान्स प्रमुख नीरज बस्नेत (डनिल)ले बताउनु भयो । ‘हालैका दिनहरूमा हाम्रो जोखिम बहन क्षमता बढ्दै गए पनि, हामीले धितोमा आधारित लोन (collateral-based loans) बाट व्यवहार र नगद प्रवाहमा आधारित क्रेडिट (behavioral and cash flow-based credit) मा सर्न आवश्यक छ । यही उद्देश्य प्राप्तिमा फोनलोनको स्वचालित क्रेडिट अन्डरराइटिङ र ऋण व्यवस्थापन पहिलो चरण हो,’ उहाँले थप्नुभयो । ‘हामी यो प्रडक्टको प्रभावकारिता, साथै ग्राहकको मागप्रति पनि विश्वस्त छौ, यही कारण पनि नबिलले फोनलोनको सीमा र योग्य समूहको दायरा बढाएको हो,’ उहाँले प्रस्ट पार्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
100.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x