शिखर पावर डेभलपमेन्टको आइपिओ बाँडफाँट सम्पन्न, १ लाख भन्दा बढीले पाए शेयर


शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज गोला प्रथामार्फत बाँडफाँट प्रक्रिया सम्पन्न गरेको हो ।

आइपिओमा कुल २६ लाख ८७ हजार ३४७ जनाले आवेदन दिएका थिए। तीमध्ये ३६ हजार ५०० जनाको आवेदन विभिन्न कारणले रद्द भएको छ । बाँकी रहेका २६ लाख ५० हजार ८४७ जनाको आवेदनलाई मान्य ठहर गर्दै गोला प्रथा अनुसार बाँडफाँट गरिएको हो ।

बाँडफाँट अनुसार १ लाख ८४ हजार २६० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । बाँकी २४ लाख ६६ हजार ५८७ जना आवेदकले शेयर प्राप्त गर्न सकेनन् ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा कुल १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। उक्त आइपिओमा कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ता शेयरका लागि आवेदन परेको थियो, जसमा २ करोड ८३ लाख ९४ हजार ७९० कित्ता शेयरको मागलाई मान्य गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x