यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू


साताको पाचाैँ कारोबार दिन नेप्से परिसूचक ३८ दशमलव १० अङ्कले घटेर २७८१ दशमलव ०० को विन्दुमा कायम भएको छ। आज कूल ३२२ कम्पनीहरूका २ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर रु. ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ६५ करोड ४४ लाख ३ हजार ८२२ बराबरको शेयर कारोबार भयो । त्यस्तै, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको रु. ६० करोड ६९ लाख ४९ हजार ७६१ बराबरको शेयर कारोबार भएको छ।

यता, हिमालयन डिष्टिलरी लिमिटेडको रु. ३५ करोड ४ लाख २१ हजार ७९३, शिवम् सिमेन्ट्स लिमिटेडको रु. २२ करोड ४२ लाख ३२ हजार १९८ र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको रु. १९ करोड ४९ लाख ४८ हजार ९९२ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x