कालंगा हाइड्रोको आइपिओ जेठ ८ बाट सर्वसाधारणका लागि खुल्दै


कालंगा हाइड्रोपावर कम्पनीले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ। स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्टाइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि कम्पनी दोस्रो चरणमा सर्वसाधारणतर्फ निष्कासनमा जान लागेको हो।

कम्पनीले कुल २८ लाख ७० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा बिक्रीमा ल्याउनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आइपिओ छिटोमा जेठ १३ गते बन्द हुनेछ भने आवश्यक परे ढिलोमा जेठ २२ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम स्तरको जोखिम जनाउँछ। कम्पनीको १५.३३ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा रहेको छ।

लगानीकर्ताले सि–आस्बा प्रणाली तथा ‘मेरो शेयर’ मार्फत आवेदन दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x