श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडकाे आईपीओ निष्काशन सुरु

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज (भदौ ११ गते) देखि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) मार्फत सेयर बिक्री सुरु गरेको छ। यस चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी शेयर निष्काशन गरेको हो।

कम्पनीले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको जारी पूँजीको २० प्रतिशत अर्थात ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १ लाख ६३ हजार १२५ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ, जसमा रुपन्देही र पाल्पा जिल्लाका नागरिकले आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर खुला गरिएको छ।

आईपीओमा लगानी गर्न चाहनेले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाका लागि आवेदन अवधि छिटोमा भदौ २५ गते र ढिलोमा असोज ९ गतेसम्म रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन सकिनेछ।

यस आईपीओलाई इक्रा नेपालले उच्च जोखिम वर्गको रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा चुनौती रहेको देखाउँछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले नबिल बैंक, एनएमबि बैंक र ग्लोबल आइएमई बैंकका पाल्पा र रुपन्देहीस्थित शाखामार्फत आवेदन दिन सक्नेछन्। यसका लागि दरखास्त फाराम बुझ्दा २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू वा सि-आस्बा प्रणालीमार्फत सजिलै आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x