टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपिओ बाँडफाँड सम्पन्न


टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओको बाँडफाँड सम्पन्न भएको छ। उक्त आइपिओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको थियो।

कम्पनीले वैशाख २३ देखि २८ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अङ्कित दरमा २५ लाख १५ हजार ४५५ कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो।

बाँडफाँड नतिजाअनुसार २ लाख ५१ हजार ५४५ जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। तीमध्ये ५ जना आवेदकले थप १ कित्ता सहित ११ कित्ता शेयर पाएका छन्। बाँकी २५ लाखभन्दा बढी आवेदक भने शेयर पाउनबाट वञ्चित भएका छन्।

आइपिओमा कुल २९ लाख ४८ हजार ९६६ जनाबाट आवेदन परेकोमा २७ लाख ७१ हजार २५२ जनाको आवेदन मात्र स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ। मागभन्दा धेरै आवेदन परेपछि गोला प्रथा प्रणालीमार्फत शेयर बाँडफाँड गरिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x