
नेपाली बजारमा मङ्गलवार सुनको मूल्यमा वृद्धि आएको छ। आज सुनको भाउ प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलवार सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। हिजो सोमबार सुन तोलामा ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। चाँदी प्रतितोला १० रुपैयाँले घट्दै ५ हजार ५८५ रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।
सुनको मूल्यमा प्रतितोला १ हजार ३०० रुपैयाँको वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
