सुनको मूल्यमा प्रतितोला ३ हजार २०० रुपैयाँको वृद्धि

| Gyanmandu | Achieving Excellence Together
नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि आएको छ। आज सुनको भाउ प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। हिजो आइतबार सुन तोलामा ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १७० रुपैयाँले बढ्दै ५ हजार ५९५ रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x