
एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको शेयर बाँडफाँड सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणतर्फ निष्कासन खुला गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँ मूल्यको ७ लाख ९० हजार कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको छ। प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा निष्कासन गरिने उक्त शेयरमध्ये ७९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्टाएर बाँडफाँड गरिसकिएको कम्पनीले जनाएको छ।
त्यसै गरी, कुल निष्कासन मध्ये ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि तथा १५ हजार ८०० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आइपिओ छिटोमा जेठ २७ गते बन्द हुनेछ भने आवश्यक परे असार ५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
उक्त आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
एभरेष्ट कलरको आइपिओ जेठ २२ गतेदेखि सर्वसाधारणका लागि खुल्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
