
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ।
सूचीकृत हुने कम्पनीहरूमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र सिंगटी हाइड्रो इनर्जी लिमिटेड रहेका छन्। निर्धन उत्थान लघुवित्तको ५ प्रतिशत बोनसबापत १३ लाख ६ हजार ३९.८८ कित्ता र सिंगटी हाइड्रो इनर्जीको ५ प्रतिशत बोनसबापत १४ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गरिएको हो।
यससँगै दुवै कम्पनीका कुल २७ लाख ५६ हजारभन्दा बढी बोनस शेयर सूचीकृत भएका छन्।
नेप्सेमा सूचीकृत भएपछि सम्बन्धित शेयरधनीहरूको हित ग्राही खातामा शेयर जम्मा भइसकेपछि मात्रै उक्त शेयर दोस्रो बजारमा कारोबारका लागि उपलब्ध हुनेछन्।
नेप्सेमा निर्धन उत्थान र सिंगटी हाइड्रोको बोनस शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
