पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन हुनुभएको छ । धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तरगतको पुँजी बजार फोरमको सदस्यमा चयन हुनुभएको हो ।
नेपालको पुँजी बजारमा डेढ दशकभन्दा बढी समयको अनुभव हासिल गरेका ढकाललाई उक्त फोरमको सभापति शैलेन्द्र गुरागाईँको सिफारिसमा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमा नियुक्त गर्नुभएको हो । लामो समयदेखि नेपालको पुँजी बजारलाई नजिकसँग बुझेका ढकालको नियुक्तिसँगै आगामी दिनमा पुँजी बजारलाई सुदृढ गर्दै सशक्त रूपमा अघि बढाउन मद्दत पुग्ने महासङ्घको विश्वास रहेको छ ।
ढकाल भर्खरै मात्रै धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट सञ्चालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) को समेत अध्यक्ष हुनुहुन्छ । नयाँ ब्रोकरले लाइसेन्स अनुमति पाउनुमा ढकालको ठुलो योगदान रहेको छ । संसद्को अर्थ समितिले तत्काल ब्रोकर लाइसेन्स रोक्ने निर्णय गरेको अवस्थामा उनले उक्त समिति अन्तरगतका हरेक संसद्लाई भेटी पुँजी बजारको दायरा र नयाँ ब्रोकरको सम्बन्धमा वास्तविकता बुझाएर सबैलाई नयाँ ब्रोकर लाइसेन्स दिलाउन सफल हुनुभएको थियो ।
ढकालसँग हालसम्म आधादर्जन वित्तीय संस्थामा सञ्चालकको रूपमा रहेर काम गरेको अनुभव रहेको छ । व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका ढकाल कानुनविद् समेत हुन् । हाल उहाँ पाटन उच्च अदालतका बारको कार्यकारी सदस्य समेत हुनुहुन्छ ।
आफू पुँजी बजार फोरमको सदस्य भएसँगै आगामी दिनमा लगानीकर्ताको मनोबल उकास्दै नेपालको सेयर बजारलाई थप सुदृढ र विश्वसनीय बनाएर अघि बढाउन पहल गर्ने बताउनुभयो । ‘हत ग्राही खाताको आधारमा ५६ लाखभन्दा बढी लगानीकर्ता आबद्ध रहेको सेयर बजार अहिले शिथिल भएको छ,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा लगानीकर्ताको मनोवन उच्च बनाउँदै सेयर बजारको वृद्धि र विकासमा लाग्नेछु ।’ जोय ग्रुपका अध्यक्ष रहनुभएका ढकालको १ दर्जनभन्दा बढी कम्पनीमा लगानी रहेको छ ।
पुँजी बजार फोरमको सदस्यमा धितोपत्र ब्रोकरका अध्यक्ष सागर ढकाल चयन, डेढ दशकको अनुभव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

0.00%

100.00%

0.00%
