अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुति सुरु गर्नुभएको छ ।
यसअघि आज दिउँसो १ बजेका लागि निर्धारित संसद्को संयुक्त बैठक दुई घण्टा पर अर्थात् अपराह्न ३ बजेका लागि सारिएको थियो । सहकारीको रकम हिनामिनाका सम्बन्धमा नेपाली काङ्ग्रेसलगायतका प्रतिपक्षी दलले संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका थिए । सोही समिति गठनको कार्यादेश टुङ्गो लगाउनका लागि आजको बैठक दुई घण्टा पर सारिएको थियो ।
उक्त समिति गठन र सोको कार्यक्षेत्रमा प्रमुख दलहरूबिच सहमति जुटेपछि संसद्को गतिरोध अन्त्य हुने भएको छ ।
संयुक्त बैठकपछि आजै दुवै सदनका बेग्लाबेग्लै बैठक बस्नेछन् ।
अर्थमन्त्री पुनद्वारा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुति सुरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%