
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै २३ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

विहीबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ३५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय १० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २५ रुपैयाँले बढेको देख्न सकिन्छ ।