स्वावलम्बन लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?


स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८२ साल मङ्सीर ३ गते बसेको सञ्चालक समितिको ४६७ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०८१/०८२ काे वितरण याेग्य मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई १० प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०८१/०८२  काे वितरण याेग्य मुनाफाबाट कायम चुक्ता पुँजीको ५.६३६५ प्रतिशतले हुन आउने रकम रु. ९ करोड ३३ लाख ७५ हजार रुपैयाँ बराबरको बोनस शेयर र ३.३६३५ प्रतिशतले हुन आउने रकम रु. ७ करोड २२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी जम्मा १० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।

Click here to view the notice.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x