
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गतको १ लाख ५ हजार ८०७ कित्ता शेयर बिक्रीका लागि खुला गरेको छ। संस्थाले उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्रै खरिद गर्न मिल्ने व्यवस्था गरेको जनाएको छ।
संस्थाका अनुसार इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खरिदका लागि आवेदन दिनुपर्नेछ। आवेदन भक्तपुरको लोकन्थलीस्थित संस्थाको कर्पोरेट कार्यालयमा पेस गर्न सकिनेछ।
संस्थाले स्पष्ट पारे अनुसार निर्धारित समयभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिनेछ।
नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
