रिभर फल्स पावर लिमिटेडले विद्यमान शेयरधनीका लागि १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले सोमबारदेखि कुल ७० लाख कित्ता हकप्रद शेयर बिक्रीका लागि आवेदन खुला गरेको हो।
साउन २५ गतेसम्म नाम दर्ता भएका शेयरधनीहरूले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त निष्कासनको बिक्री प्रबन्धक प्रभु क्यापिटल नियुक्त गरिएको छ।
कम्पनीले हकप्रदबाट सङ्कलन हुने ७० करोड रुपैयाँ कुमारी बैङ्कको ऋण भुक्तानीमा प्रयोग गर्ने बताएको छ। वित्तीय दायित्व घटाउँदै संस्थाको पुँजी संरचना सुदृढ बनाउने उद्देश्यले हकप्रद जारी गरिएको हो।
रिभर फल्स पावरको हकप्रद शेयर निष्कासनमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
