लिवर्टी इनर्जी कम्पनी लिमिटेडले यही वैशाख १५ गते एघारौँ, बाह्रौँ र तेह्रौँ वार्षिक साधारण सभा एकसाथ गर्ने भएको छ। कम्पनीले वैशाख ११ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा वैशाख १० गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले साधारण सभा अमृतभाेग क्याटरर्स, कालिकास्थान, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७७/०७८ र २०७८/०७९ का लागि नियुक्त लेखापरिक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने तथा आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
सभाले कम्पनीको चुक्ता पुँजीको ५० प्रतिशत बराबरको हकप्रद शेयर निष्कासन गर्ने तथा अख्तियारी सम्बन्धी प्रस्ताव पारित गर्ने छ ।
आजसम्म कायम शेयरधनीले लिवर्टी इनर्जी कम्पनीको एघारौँ, बाह्रौँ र तेह्रौँ साधारण सभामा भाग लिन पाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
