सोपान फर्मास्युटिकल्सले चैत ९ गते देखि आइपिओ निष्कासन गर्ने

सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत ९ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ।

कम्पनीले प्रतिशेयर रु. १०० अङ्कित दरका कुल ४२ लाख ९० हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति प्राप्त गरेको छ जसमा कुल रकम ४२ करोड ९० लाख रुपैयाँ रहेको छ। उक्त शेयर कम्पनीको जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत हो।

कम्पनीका अनुसार निष्कासन गरिने कुल शेयरमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्टाइएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

त्यसै गरी, कुल निष्कासन गरिने शेयरको ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्टाइएको छ। बाँकी रहने ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिने कम्पनीले जनाएको छ।

वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूले उक्त आइपिओमा चैत १२ गतेसम्म आवेदन दिन सक्ने छन्। त्यस अवधिभित्र माग बमोजिम आवेदन नपरेमा (ढिलोमा) चैत २३, २०८२ सम्ममा आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

आवेदन दिन चाहने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्ने छन्।

सो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x