आईएमई लाइफ इन्स्योरेन्सका उपप्रमुख कार्यकारी अधिकृत (Deputy CEO) खिलेन्द्र पौडेलले ‘Excellence in Financial Services & Digital Innovation Award 2025’ प्राप्त गर्नुभएको छ।
सीजन एम मिडियाद्वारा आयोजित ‘Asian Professional Achievement Award Nepal 2025 – Volume 6’ कार्यक्रम सोमबार, भदौ १६ गते (सेप्टेम्बर १, २०२५) ललितपुरको पुल्चोकस्थित द प्लाजामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न पेशागत क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो।