नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८१ साल माघ ५ गते द सोल्टी काठमाडौँमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२५ भव्यता पूर्वक सम्पन्न गरेको छ । सन् २०२४ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एम.डी.आर.टी २०२५ ’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मानित गरिएको छ ।
पानसमा दीप प्रज्वलन गरी कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक शक्ति कुमार गोल्याण र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिँदै आगामी वर्ष झन् बढी सङ्ख्यामा एमडिआरटीहरुलाई सम्मान गर्न कम्पनी लालायित रहेको बताउनु भयो । आगामी दिनमा थप ऊर्जाका साथ बीमालाई नेपालीको घर दैलो सम्म पुर्याउन कुनै कसर बाँकी नराखी युद्ध स्तरमा सम्पूर्ण अभिकर्ताहरू एक जुट भई लाग्न आग्रह गर्नु भयो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मन्तव्य व्यक्त गर्दै कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताउनुभयो । नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बिच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गर्नु भएको छ । पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरू रहेको साथै उहाँहरूकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको कुरा बताउनुभयो । अभिकर्ताहरूको चौतर्फी विकासका निम्ति कम्पनी संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताउनु भयो । अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्वलाई मनन गर्दै आम नेपाली नागरिकलाई बीमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बीमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्य योजना सहित अघि लम्कन आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल हुनुभएका अभिकर्ताहरूलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गर्नुभयो । बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरूसँग साक्षात्कार हुन यस किसिमको कार्यक्रमले सहयोग गर्नुका साथसाथै नेपालमा पनि बीमा सम्बन्धी नीति निर्माणमा सहयोग पुर्याउने कुरा बताउनुभयो । विश्व अर्थतन्त्रमा आएका आर्थिक मन्दीका प्रभाव नेपालमा पनि परेको र यस कठिन समयका बाबजुद पनि सफल भएका सबै अभिकर्ताहरूको उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको र आगामी दिनमा विभिन्न क्षेत्रमा रोजगारीमा कटौती हुने खालको अवस्था सिर्जना भएको तर बीमा अभिकर्ताको काम कहिले पनि विस्थापित नहुने हुँदा उहाँहरू एकदमै सुरक्षित पेसामा रहेको कुरा बताउँदै सो पेसाको गरिमा र महिमालाई ख्याल गर्दै जीवन बीमाको सचेतना आम नागरिकबिच पुर्याउन आग्रह गर्नुभयो । बीमामा रिस्क बेस्ड क्यापिटल तथा अन्य प्रावधानहरूको व्यवस्था भएसँगै चुनौतीहरू थपिएको र यस चुनौतीलाई अवसरमा परिणत गर्न नेपाल लाइफकर्मीहरू अब्बल रहने र सफलताको शिखर चुम्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
ऋइत् हुन सफल हुनु भएका माधव भण्डारीले नेपाल लाइफको सहयोग, मार्गदर्शन, उत्प्रेरणाले नै गर्दा ऋइत् बन्न सफल भएको र यस यात्रामा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । यस कम्पनीले अभिकर्ताको सिप विकासका निम्ति विभिन्न कार्यक्रम गर्दै आएकोमा मुक्तकण्ठले प्रशंसा गर्नुभयो र आगामी दिनमा थप परिष्कृत बनाउन व्यवस्थापनलाई सुझाव दिनुभयो ।
पेसागत बीमा अभिकर्ता सङ्घ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कम्पनीले आयोजना गरेको भव्य र सभ्य कार्यक्रमका लागि कम्पनी व्यवस्थापनलाई धन्यवाद ज्ञापन गर्नुभयो र सम्पूर्ण क्वालिफाइड एमडीआरटीहरुलाई धन्यवाद तथा बधाई ज्ञापन गर्नुभयो । उहाँले कम्पनीले अभिकर्ता र बीमितको हकहितका लागि चालिरहेको कदमहरूको सराहना गर्नुभयो र आगामी दिनमा पनि यसै किसिमको साथ सहयोग कम्पनी व्यवस्थापनबाट प्राप्त हुनेमा आफू आश्वस्त रहेको बताउनु भयो ।
पेसागत बीमा अभिकर्ता महासङ्घका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्तालाई मुरी मुरी धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा अब्बल र सक्षम अभिकर्ता रहेको बताउनुभयो । जीवन बीमा क्षेत्रको अग्रणी संस्था नेपाल लाइफको बजार हिस्सा अझ बढाउनका निम्ति र बीमितको विश्वासलाई कायम राखी राख्न नेपाल लाइफका सम्पूर्ण अभिकर्ताहरू प्रतिबद्ध रहेको कुरा समेत बताउनुभयो ।
कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै सहभागी सबै एमडीआरटी क्वालिफायरहरूलाई कार्यक्रम नयाँ कुराहरू सिक्ने अवसर र प्राप्त भएको सम्मानका कारण आगामी दिनहरूमा काम गर्न थप ऊर्जा प्राप्त गर्नुहुने विश्वास व्यक्त गर्नुभयो । साथै अन्त्यमा सम्पूर्ण एमडीआरटी क्वालिफायरहरूलाई सिओटी बन्न र सिओटीलाई टीओटी बन्न शुभकामना व्यक्त गर्नुभयो । नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै कम्पनीले विभिन्न रूपान्तरणकारी कार्यहरू गर्दै आएको र आगामी दिनमा पनि यसको निरन्तरता दिने बताउनुभयो ।
नेपाल लाइफद्वारा ‘एमडीआरटी अचिभर्स अवार्ड २०२५’ भव्य रूपमा सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
