नेपाल धितोपत्र बोर्डले आईएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रिमियममा आइपिओ जारी गर्न अनुमति दिएको छ। आईएमई लाइफ प्रिमियममा आइपिओ निष्कासन गर्ने नेपालको पहिलो बीमा कम्पनी हुने भएको छ। नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई चुक्ता पुँजीको ३० प्रतिशत बराबरको आइपिओ बिक्री खुला गर्न अनुमति दिएको हो। जसअनुसार कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता शेयर आइपिओ मार्फत बिक्री गर्नेछ। कम्पनीले अङ्कित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २३६.९१ रुपैयाँमा आइपिओ बिक्री खुला गर्ने अनुमति पाएको हो। 
आईएमई लाइफ इन्स्योरेन्सले अङ्कित मूल्य १०० रुपैयाँमा  १७६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २७६ रुपैयाँमा १ करोड २० लाख कित्ता शेयर आइपिओ मार्फत निष्कासन गर्नका लागि धिताेपत्र बाेडमा आवेदन दिएको थियो ।
आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालबाट ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्राप्त गरेको आईएमई लाइफ इन्स्योरेन्सकाे शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ ।
आईएमई लाइफ इन्स्योरेन्स प्रिमियममा आइपिओ निष्कासन गर्ने नेपालको पहिलो बीमा कम्पनी, बोर्डले दियो अनुमति
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                            .jpeg) 
                                                                                                                                                                                                 
                                                                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            