यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले वैशाख २५ गते (आज) विशेष साधारण सभा गर्दै छ। कम्पनीले विशेष साधारण सभा अनमोल ब्याङ्गकेट, शंखमुल, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड तथा अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने, गाभिने (Merger) सम्बन्धी प्रस्ताव पारित गर्ने र गाभिए पश्चात् बन्ने निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा "यूनाइटेड अजोड इन्स्याेरेन्स लिमिटेड" तथा अङ्ग्रेजीमा "United Ajod Insurance Limited" कायम गरी सो नामबाट निर्जीवन बिमा व्यवसाय सञ्चालन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
साथै यस सभाले यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड तथा अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने, गाभिने प्रयोजनका लागि मूल्याङ्कनकर्ताले तयार गरेको यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड तथा अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको चल/अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १००:८२.५ कायम गरी गाभ्ने, गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड तथा अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए पश्चात् कम्पनीको केन्द्रीय कार्यालय बागमती प्रदेश काठमाडौँ महानगरपालिका वडा नं. ११, सुन्धारा, काठमाण्डाैँमा रहने तथा सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।
कम्पनीले विशेष साधारण सभाको प्रयोजनको लागि वैशाख १३ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा वैशाख १२ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आज विशेष साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
