देशको पहिलो र एक मात्र फ्रेन्चाइजमा आधारित फुटबल लिग, एनसेल नेपाल सुपर लिग (एनएसएल) आफ्नो बहु प्रतीक्षित तेस्रो सिजनको लागि खल्ती र आइएमई पेलाई आधिकारिक टिकटिङ पार्टनरको रूपमा घोषणा गरेको  छ।  एनएसएल, खल्ती र आइएमई पे बिचको त्रिपक्षीय सम्झौता मार्फत स्थापित साझेदारी अन्तर्गत खेलका टिकटहरू डिजिटल रूपमा प्रदान गरिनेछ जुन नेपालका उत्साही फुटबल प्रशंसकहरूका लागि अर्को अभूतपूर्व अनुभव हुनेछ ।
मार्च २९ देखि तेस्रो सिजन सुरु हुने तय भएको लिगले टिकट खरिदलाई सजिलो, पहुँचयोग्य र सुविधाजनक बनाएर फ्यान अनुभव बढाउने लक्ष्य राखेको छ। समर्थकहरूले खल्ती र आइएमई पे मार्फत डिजिटल वालेट, मोबाइल बैङ्किङ र अनलाइन भुक्तानीका माध्यमहरू प्रयोग गरी भौतिक लेनदेन बिना नै खेलका टिकटहरू तुरुन्तै किन्न सक्नेछन्। खेलको पहुँचलाई आधुनिकीकरण गर्ने र देशभरका नेपाली फुटबल प्रशंसकहरूका लागि लिगलाई अझ बढी पहुँचयोग्य बनाउने एनएसएल को दृष्टिकोण अन्तर्गत यो साझेदारी गरिएको हो ।
यसको सहकार्यको बारेमा बोल्दै नेपाल सुपर लिग एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले भन्नुभयो, “नेपालका सबैभन्दा विश्वसनीय दुई डिजिटल पेमेन्ट प्लेटफर्महरू खल्ती र आइएमई पे सँग हात मिलाउन पाउँदा हामी खुसी छौँ। यो साझेदारीले टिकेटिङलाई सरल बनाउने र फ्यानहरूलाई आफ्नो सिट सहजै सुरक्षित गर्न सघाउने छ। हाम्रो लक्ष्य एनएसएलको मज्जालाई सहज, थप अन्तरक्रियात्मक र व्यापक रूपमा पहुँचयोग्य बनाउनु हो।”
यही भावनालाई जोड दिँदै आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भन्नुभयो, “नेपाल सुपर लिगको साझेदारको रूपमा नेपाली फुटबलको विकासलाई समर्थन गर्न पाउँदा आईएमई पे गर्व गर्दछ। हामीले एनएसएल र खल्तीसँग सहकार्य गर्दै खेलकुद क्षेत्रको विकासमा सघाउने र सिमलेस डिजिटल सोलुसन मार्फत फ्यान एक्सपिरियन्स बढाउने लक्ष्य राखेका छौँ।”
उत्साहलाई निरन्तरता दिँदै खल्ती प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले थप्नुभयो, “हामी एनपीएल र इन्टरनेसनल वुमेन च्याम्पियनसिपको अभूतपूर्व सफलतापछि आईएमई पे र एनएसएलसँग मिलेर यस अविश्वसनीय यात्रामा साझेदारी गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ। आफैँ पनि खेलकुद प्रशंसक र फुटबल समर्थक भएका कारण हामी फ्यानहरूलाई अनलाइन मार्फत आफ्नो सिट सुरक्षित गर्न र खेलको भावनामा पूर्ण रूपमा डुब्नको लागि झन्झटमुक्त, सहज तरिका प्रदान गर्न पाउँदा रोमाञ्चित छौँ। हामी दशरथ रङ्गशाला र नेपालभरि गुन्जिने गर्जन र जयजयकार सुन्न उत्साहित छौँ ।
खल्ती र आइएमई पे दुवै प्रयोग गर्न सजिलो, सुरक्षित र कुशल डिजिटल पेमेन्ट सर्भिसको लागि भरपर्दा छन्। अनलाइन कारोबारमा यी प्लेटफर्मको विशेषज्ञताले टिकेटिङलाई अझ सुव्यवस्थित बनाउनुका साथै हजारौँ एनएसएल समर्थकहरूको लागि म्याच डे अनुभवलाई पनि अझ बढाउनेछ। खल्ती र आइएमई पे ले चाँडै नै यी प्लेटफर्महरू मार्फत टिकट बुकिङमा विशेष प्रचार प्रसार र अफरहरू प्रस्तुत गर्नेछन् जसले गर्दा सिजनभरि नै प्रशंसकहरूको संलग्नता र उपस्थितिका साथ लिग अझ आकर्षक बन्ने छ।
नेपालका उत्कृष्ट खेलाडी र क्लबहरूले शीर्ष उपाधिको लागि प्रतिस्पर्धा गर्ने एनसेल नेपाल सुपर लिग सिजन ३ मा उच्च कोटीका खेलहरू हुने निश्चित छ। खेलहरूको रोमाञ्चक लाइन अप, उत्सुक समर्थक र अब हाई-टेक टिकेटिङ प्रणालीले गर्दा यो सिजन अहिलेसम्मकै सबैभन्दा ठुलो हुने छ। टिकेटिङ र नयाँ नयाँ अफरहरूको बारेमा जानकारीको लागि एनएसएल समर्थकहरूलाई खल्ती, आइएमईपे  र आधिकारिक एनएसएल प्लेटफर्महरूबाट निरन्तर अपडेट लिन आग्रह गरिन्छ।
 
एनसेल नेपाल सुपर लिगद्वारा सिजन ३ को लागि खल्ती र आइएमई पे लाई आधिकारिक टिकेटिङ पार्टनरको रूपमा घोषणा
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
 
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                             
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            