नेपाल स्टक एक्सचेन्ज (नेप्से) यस साता १.५८% अर्थात ४२.०४ अंकले वृद्धि भएर २६९९.८१ विन्दुमा बन्द भएको छ। गत साता २६५७.७७ विन्दुमा बन्द भएको नेप्सेले वृद्धि दर कायम गर्दै उच्च सुधार देखाएको हो।
यस साता कुल पाँच कारोबार दिनमध्ये दुई दिन नेप्से बढेको थियो भने तीन दिन घटेको थियो। साताको पहिलो दिन, आइतबार, नेप्से उल्लेखनीय रूपमा बढेर बन्द भएको थियो।
इन्डेक्स सुधार, बजार पूँजीकरणमा ७० अर्बको वृद्धि
-
फ्लोट इण्डेक्स ९.७५ अंकले बढेको छ।
-
सेन्सेटिभ इण्डेक्स ३.३१ अंकले उकालो लागेको छ।
-
सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५९ अंकले वृद्धि भएको छ।
बजार पूँजीकरणमा पनि सुधार देखिएको छ। गत साता ४४ खर्ब ९ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता ७० अर्ब रुपैयाँले बढेर ४४ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ।
कारोबार रकममा वृद्धि, औषत कारोबार १० अर्ब नाघ्यो
यस साता दैनिक औषत कारोबार रकम १०.३९ अर्ब रुपैयाँ पुगेको छ, जुन गत साताको ९.१५ अर्बको तुलनामा १३.५४% ले वृद्धि भएको हो।
-
दैनिक औषत शेयर संख्या १७.८२% ले वृद्धि
-
दैनिक औषत कारोबार संख्या ११.६०% ले वृद्धि
११ उपसमूहमा सुधार, वित्त उपसमूहको परिसूचक सर्वाधिक वृद्धि
१३ उपसमूहमध्ये ११ उपसमूहमा वृद्धि देखिएको छ भने २ उपसमूह घटेका छन्।
-
वित्त उपसमूह सर्वाधिक ५.७३% (१४७.६३ अंक) वृद्धि भई २७२२.३९ विन्दुमा पुगेको छ।
-
निर्जीवन बीमा उपसमूह अंकका आधारमा सर्वाधिक ४६३.६३ अंकले वृद्धि भएको छ।
-
विकास बैंक उपसमूह भने २.३७% (१३९.०८ अंक) घटेर ५७२५.४४ विन्दुमा झरेको छ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत
यस साता गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ७५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ, जसले लगानीकर्तामा सकारात्मक प्रभाव पारेको छ।
उत्कृष्ट र कमजोर प्रदर्शन गर्ने स्टकहरू
-
सबैभन्दा बढी वृद्धि हुने स्टक:
-
उपकार लघुवित्त (+२७.०६%)
-
सेन्ट्रल फाइनान्स (+२०%)
-
भूगोल इनर्जी डेभलपमेन्ट (+१६% भन्दा बढी)
-
-
सबैभन्दा धेरै घट्ने स्टक:
-
कर्पोरेट डेभलपमेन्ट बैंक (-१९.१९%)
-
मोस्ट पपुलर बाइ र सेल स्टकहरू
-
सबैभन्दा धेरै किनिएको स्टक:
-
एनएलजी इन्स्योरेन्स
-
सम्पदा लघुवित्त
-
सिक्लेस हाइड्रोपावर
-
-
सबैभन्दा धेरै बेचिएको स्टक:
-
रिभर फल्स पावर
-
हिमालयन एभरेष्ट इन्स्योरेन्स संस्थापक शेयर
-
माउन्टेन इनर्जी नेपाल
-