नेपाल रिपब्लिक मिडिया लिमिटेडले वैशाख ३१ गते (आज) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० र दरखास्त दिन पाउने अधिकतम कित्ता ५०० सम्म रहेको छ ।
कम्पनीले जारी पुँजीको ४४.९९२२ प्रतिशत अर्थात् प्रति शेयर रु. १०० अङ्कित दरका ४३ लाख ५३ हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् ४ लाख ३५ हजार ३०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरी बिक्री गर्न लागेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि साधारण शेयर निष्कासन बन्द हुने मिति जेठ १४ गते रहेको सो कम्पनीले जनाएको छ ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यलयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो शेयर" अनलाइन प्रयोग गरी सी- आश्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन् । सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
आज देखि नेपाल रिपब्लिक मिडियाको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
