सगर डिष्टिलरीको आईपीओ भदौ २५ गतेदेखि सर्वसाधारणका लागि खुला

सगर डिष्टिलरी लिमिटेडले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खुला गर्ने भएको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।

कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत बराबर १४ लाख ५२ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो। यसमध्ये १ लाख ४५ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषलाई र ४३ हजार ५६० कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएका छन्। बाँकी ११ लाख ९० हजार ६४० कित्ता शेयर भने सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन अवधि भदौ २९ गतेसम्म रहनेछ भने सो अवधिभित्र मागअनुसार आवेदन नपरेमा असोज ८ गतेसम्म लम्ब्याइनेछ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x