मिड सोलु हाईड्रोपावर लिमिटेडले भाद्र २८ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले न्यूनतम १० कित्ता देखी अधिकतम १० हजार कित्तासम्म दरखास्त दिन पाउनेछन् ।
कम्पनीको जारी पुँजीको २० प्रतिशत अर्थात् १४ लाख ९६ हजार ८०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । जसमध्ये स्वीकृत विवरण पत्र मार्फत जारी पुँजीको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रकम बराबरको रु. १०० अङ्कित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि, त्यस्तै कम्पनीको जारी पुँजीको १० प्रतिशत अर्थात् अर्थात् ७ करोड ४८ लाख ४० हजार रकम बराबरको रु. १०० अङ्कित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात् ७४ हजार ८४० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि, कम्पनीमा कार्यरत कर्मचारीहरूलाई २ प्रतिशत अर्थात् १४ हजार ९६८ कित्ता शेयर बाँडफाँड गरी, ५ प्रतिशत अर्थात् ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरी बाँकी रहने ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारणहरूमा निष्कासन गरी आइपिओ विक्री गर्न लागेको हो ।
सो कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति (छिटोमा) असोज ०१ गते रहेको कम्पनीले जनाएको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा असोज ११ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
मिड सोलु हाईड्रोपावरले आज देखि आइपिओ निष्काशन गर्दै, प्रति कित्ता मूल्य कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
