नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेडले घण्टाघर शाखा कार्यालय काठमाडौँको प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ ।
बैङ्कले काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर २८ घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडा भित्र प्रदर्शनी मार्गमा मिति २०८१ माघ १३ गते आइतबारका दिनदेखि स्थानान्तरण गरेको हो। बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले शाखाको उद्घाटन गर्नुभयो । यस शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैङ्किङ सेवा तथा सुविधाहरू दिने उहाँले बताउनुभयो । प्रदर्शनी मार्ग शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैङ्किङ सेवाहरू सुरु भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कको घण्टाघर शाखा प्रदर्शनी मार्गमा स्थानान्तरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
